• २७ असोज २०८३, मंगलबार

डा. हरिकिशोर श्रेष्ठ अन्तर्राष्ट्रिय पेरिनेटल मेडिसिन एकेडेमीको सदस्यमा मनोनित

काठमाडौं। ॐ अस्पताल तथा अनुसन्धान केन्द्रका वरिष्ठ परामर्शदाता रेडियोलोजिस्ट डा. हरिकिशोर श्रेष्ठ अन्तर्राष्ट्रिय पेरिनेटल मेडिसिन एकेडेमी (आईएपीएम) को सहयोगी सदस्यका रूपमा मनोनित भएका छन्।

सन् २०२६ अक्टोबर ८ मा इन्डोनेसियाको बालीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा डा. श्रेष्ठलाई उक्त सदस्यता प्रदान गरिएको हो।

विगत एक दशकदेखि गर्भमा रहेको शिशुको वृद्धि, विकास तथा स्वास्थ्य अवस्थाको परीक्षण अर्थात् गर्भस्थ शिशुको विशेष अल्ट्रासाउन्ड परीक्षणमा सक्रिय डा. श्रेष्ठले हालसम्म करिब १५ हजार गर्भवती महिलाको एनटी स्क्यान तथा एनोमली स्क्यान गरिसकेका छन्।

यी परीक्षणले गर्भावस्थाको सुरुवाती चरणमै शिशुमा हुन सक्ने आनुवंशिक तथा शारीरिक समस्याको जोखिम मूल्याङ्कन गर्न र शरीरका विभिन्न अङ्गको विकास अवस्थाबारे जानकारी लिन महत्त्वपूर्ण भूमिका खेल्छन्।

डा. श्रेष्ठ नेपालमा तथा ॐ अस्पतालमा गर्भवती महिलाका लागि महत्त्वपूर्ण मानिने एनटी स्क्यान सेवा सुरु गर्ने प्रारम्भिक चिकित्सकमध्ये एक हुन्।

अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त यस मान्यतालाई उनले व्यक्तिगत उपलब्धिमा मात्र सीमित नराखी नेपालमा गर्भस्थ शिशुको स्वास्थ्य परीक्षणसम्बन्धी सेवाको गुणस्तर सुधार र आधुनिक प्रविधिको पहुँच विस्तार गर्ने प्रेरणाका रूपमा लिएका छन्।

आगामी दिनमा पनि आफ्नो ज्ञान, सीप र अनुभवमार्फत नेपालमा गर्भस्थ शिशुको स्वास्थ्य परीक्षणसम्बन्धी सेवालाई अझ गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउन निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस