चिकित्सक संघको फुटसलमा काठमाडौं मोडल अस्पताल च्याम्पियन
काठमाडौं । नेपाल चिकित्सक संघद्वारा आयोजित अन्तर-अस्पताल फुटसल प्रतियोगिता २०८३ को उपाधि काठमाडौं मोडल अस्पतालले जितेको छ।
फाइनल खेलमा काठमाडौं मोडल अस्पतालले सशस्त्र प्रहरी बल अस्पताललाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। विजेता काठमाडौं मोडल अस्पतालले ३० हजार रुपैयाँ तथा उपविजेता सशस्त्र प्रहरी बल अस्पतालले २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका १२ टोली सहभागी थिए। प्रतियोगितामा उत्कृष्ट खेलाडी डा. सूर्यकिरण लामा, सर्वाधिक गोलकर्ता डा. राम भण्डारी र उत्कृष्ट गोलरक्षक डा. राजभाइ डंगोल घोषित भए।
स्वास्थ्यकर्मीबीच आपसी मित्रता, भाइचारा र खेलकुद भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।








-1793694208.jpeg)










प्रतिकृया दिनुहोस