• १७ कार्तिक २०८३, मंगलबार

आजदेखि दुई दिन राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन

काठमाडौं । सरकारले आज र भोलि देशभरका बालबालिकालाई लक्षित गरी राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिरहेको छ।

कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार यस अभियानमा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाखलाई जुकाको औषधि खुवाउने लक्ष्य छ। कार्यक्रम सञ्चालनका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

थापाले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको पायक पर्ने स्वास्थ्य केन्द्र वा तोकिएको वितरण केन्द्रमा लगेर औषधि खुवाउन आग्रह गरेका छन्।

सरकारले बालबालिकामा कुपोषण तथा स्वास्थ्य जटिलताको जोखिम कम गर्ने उद्देश्यले २०५० सालदेखि भिटामिन ‘ए’ र २०५६ सालदेखि जुकाको औषधि नियमित रूपमा निःशुल्क खुवाउँदै आएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस