• १६ कार्तिक २०८३, सोमबार

स्वास्थ्य अवस्था थप बिग्रिएपछि डा. गोविन्द केसीलाई काठमाडौं ल्याइँदै

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ।

इलाममा २५औँ सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएपछि थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो।

यसअघि स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई इलाम जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। अनशनका क्रममा उनको रगतमा चिनीको मात्रा निकै कम भएको, पिसाबमा एसिटोन देखिएको र रक्तचापसमेत घट्दै गएको जानकारी सार्वजनिक भएको थियो।

डा. केसी चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच र चिकित्सा शिक्षा आयोगको नेतृत्वलगायतका विषयमा माग राख्दै अनशनमा बसेका हुन्।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सक, नागरिक समाज तथा विभिन्न संघसंस्थाले जीवन रक्षाका लागि तत्काल आवश्यक पहल गर्न सरकारसँग आग्रह गर्दै आएका छन्।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस