• ३० श्रावण २०८३, शनिबार

भक्तपुर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनः सञ्चालन

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा प्राविधिक समस्याका कारण रोकिएको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा आएको छ।

अस्पतालले सोमबार सूचना जारी गर्दै लिनियर एक्सेलेरेटर मेसिन सञ्चालनमा आएपछि रेडियोथेरापी सेवा नियमित भएको जनाएको हो।

अस्पतालका अनुसार नयाँ बिरामीको उपचारका लागि आवश्यक सीटी सिमुलेटर र पोर्टल इमेजिङ प्रणाली भने अझै मर्मतको क्रममा छन्। ती उपकरण मर्मत भएपछि नयाँ बिरामीको रेडियोथेरापी उपचारसमेत सुचारु हुने अस्पतालले जनाएको छ।

अस्पतालमा रहेका दुई रेडियोथेरापी मेसिनमध्ये हाई भोल्टेजका कारण LINAC मेसिनमा क्षति पुगेपछि सेवा प्रभावित भएको थियो।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस