• ३० श्रावण २०८३, शनिबार

केयूको उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त

काठमाडौं । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त भएका छन्।

केयूका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्राडा बराललाई उपकुलपति नियुक्त गरेका हुन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित सिफारिस समितिले बरालसहित प्राडा बालचन्द्र लुईटेल र प्राडा विकास नकर्मीको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो।

प्राडा बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस