• ३० श्रावण २०८३, शनिबार

नर्सिङ काउन्सिलमा नयाँ नेतृत्व

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ। सरकारले काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापति, उपाध्यक्षमा विमलाकुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको हो।

नवनियुक्त अध्यक्ष प्रजापति, उपाध्यक्ष साह र रजिस्ट्रार विष्टले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथसँगै उनीहरूले काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले नयाँ पदाधिकारी नियुक्त भएसँगै नर्सिङ काउन्सिलको काम थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।

उनका अनुसार काउन्सिलले नर्सिङ शिक्षा, नर्स दर्ता तथा इजाजत प्रणालीलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन प्राथमिकता दिनुपर्नेछ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस