• २५ असोज २०८३, आइतबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको परीक्षण तथा उपचारका लागि क्याथ ल्याब सेवा सुरु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा सेवाको उद्घाटन गरेकी हुन्।

क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुरोगको परीक्षण तथा उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा मन्त्री मेहताले प्रतिष्ठानमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारले यस क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन्। उनले गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा प्रवाह गर्दै नागरिकलाई आफ्नै क्षेत्रमा सहज रूपमा विशेषज्ञ उपचार उपलब्ध गराउनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा प्रतिष्ठानलाई ४०० शय्याको अस्पतालका रूपमा विकास गर्ने विषयमा समेत छलफल भएको थियो। मन्त्री मेहताले प्रतिष्ठानको सेवा विस्तार तथा स्तरोन्नतिका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस