• १९ असोज २०८३, सोमबार

क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढीको सहभागिता

काठमाडौं। नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर लिमिटेडको आयोजनामा भएको नेपाल क्यान्सर सम्मेलन (एनसीसी-२०२६) अन्तर्गत क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम आयोजना गरिएको छ। आयोजकका अनुसार नेपालमा पहिलोपटक क्यान्सर सर्भाइभरको अनुभव, उपचारपछिको जीवन तथा उनीहरूले भोग्ने सामाजिक, मानसिक र आर्थिक चुनौतीलाई केन्द्रमा राखेर यस्तो कार्यक्रम गरिएको हो।

‘Breaking Barriers, Building Hopes: A Collective Fight Against Cancer’ नाराका साथ काठमाडौंस्थित र्‍याडिसन होटलमा भएको सम्मेलनको दोस्रो दिन ‘Cancer Survivorship’ विषयमा विशेष सत्र सञ्चालन गरिएको थियो। नेपाल क्यान्सर सपोर्ट ग्रुप र ‘उपचारको लागि सहयोगी हातहरू’को सहकार्यमा आयोजित कार्यक्रममा १०० भन्दा बढी क्यान्सर बिरामी तथा सर्भाइभर सहभागी भएका थिए।

कार्यक्रममा सहभागीहरूले आफ्नो उपचार यात्रा, संघर्ष, उपचारपछिको जीवन र त्यस क्रममा भोगेका चुनौतीबारे अनुभव आदानप्रदान गरेका थिए। सर्भाइभरका अनुभवलाई क्यान्सर उपचार प्रणालीसँग जोड्ने र उपचारपछि पनि आवश्यक हेरचाह तथा सहयोगलाई क्यान्सर सेवाको महत्वपूर्ण हिस्सा बनाउने विषयमा छलफल भएको थियो।

‘Breast Cancer Survivorship: Illuminating the Journey, Addressing the Unspoken and Forging Paths Forward’ विषयमा प्यानल छलफल गरिएको थियो। सत्रका अध्यक्षमा स्वरूपा श्रेष्ठ र डा. मुरारीमान श्रेष्ठ तथा Moderator मा डा. सुदीप श्रेष्ठ रहेका थिए। प्यानलमा बोबी शाक्य, गीता चौधरी, ज्ञानु लामा, प्रमिता खनाल र सुलोचना श्रेष्ठ सहभागी थिए।

यसैगरी, शशांक शर्माले ‘From Patient to Advocate: How Survivors Want to Shape the Cancer Care System’ विषयमा प्रस्तुति दिएका थिए। डली गुरुङले उपचारपछिको जीवन र पुनःक्यान्सर हुने डरबारे आफ्नो अनुभव प्रस्तुत गरिन्। डा. प्रबिना श्रेष्ठले उपचारपछिको थकान तथा सोनी बरालले क्यान्सर उपचारमा पर्ने आर्थिक भारबारे प्रस्तुति दिएका थिए।

कार्यक्रममा उपचारपछि पुनः क्यान्सर हुने डर, थकान, आर्थिक भार, मानसिक तथा भावनात्मक चुनौती र क्यान्सर उपचार प्रणालीमा सर्भाइभरको भूमिकालगायत विषयमा छलफल भएको थियो।

कार्यक्रममा उपचारलाई रोग निको पार्ने प्रक्रियामा मात्र सीमित नगरी उपचारपछि बिरामीलाई स्वस्थ, सम्मानजनक र आत्मनिर्भर जीवनतर्फ अघि बढाउन आवश्यक सहयोग, परामर्श र सामाजिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो।

आयोजकका अनुसार सर्भाइभरलाई एउटै मञ्चमा ल्याएर उनीहरूको अनुभव र आवाजलाई क्यान्सर हेरचाह प्रणालीसँग जोड्ने प्रयासले भविष्यमा बिरामीकेन्द्रित उपचार प्रणाली विकास गर्न सहयोग पुग्नेछ।

प्रतिकृया दिनुहोस