फार्मेसी परिषद्को सदस्यमा चार जना नियुक्त
काठमाडौं । नेपाल फार्मेसी परिषद्को सदस्यमा संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौला नियुक्त भएका छन्।
नवनियुक्त सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मेहताले उनीहरूलाई शपथ गराएकी हुन्।
नवनियुक्त सदस्यहरूले फार्मेसी शिक्षा तथा सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउन प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।








..jpeg)










प्रतिकृया दिनुहोस