थापा पोलिक्लिनिक घटनाबारे छानबिन गर्न स्वास्थ्य व्यवसायी परिषद्ले गर्यो समिति गठन
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बाँकेको कोहलपुर नगरपालिका–११ स्थित थापा पोलिक्लिनिकमा १७ असोज २०८३ मा भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
घटनासम्बन्धी परिषद्मा अनलाइन उजुरी परेपछि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै परिषद्ले सत्यतथ्य विवरण पत्ता लगाउन समिति गठन गरेको हो। परिषद्ले घटनाबारे अनुसन्धान गरी सत्यतथ्य विवरण पेश गर्न समितिलाई जिम्मेवारी दिएको जनाएको छ।









..jpeg)










प्रतिकृया दिनुहोस