• १८ कार्तिक २०८३, बुधबार

डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, माग पूरा गर्न सरकारसँग आग्रह

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै १२ गतेदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा आज ५ बजे काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।

प्रदर्शनमा सहभागीहरूले डा. केसीका माग पूरा गर्न सरकारसँग आग्रह गर्दै विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

उनीहरूले ‘We Are With Dr. KC’, ‘Save GKC’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर डा. केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन्।

प्रदर्शनकारीहरूले स्वार्थको द्वन्द्वमा जोडिएका चिकित्सा शिक्षा क्षेत्रका पदाधिकारीलाई पदमुक्त गर्न, गेटा अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न र सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्न माग गरेका छन्।

त्यसैगरी, आवश्यक मापदण्ड पूरा गरेर मात्रै चिकित्सा शिक्षा संकायको पढाइ सुरु गर्नुपर्ने उनीहरूको माग छ।

डा. केसीले उठाएका चिकित्सा शिक्षा सुधार, सुशासन र स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तारसम्बन्धी माग सम्बोधन गर्नसमेत प्रदर्शनकारीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस