• २८ असोज २०८३, बुधबार

खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि उठेका आरोपबारे आन्तरिक छानबिन अघि बढाएको छ। छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

बागमती प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्रीसँग जोडिएको घटनामा सुनारमाथि महिलाको मर्यादामा आँच पुर्‍याउने, अनुचित दबाब दिने, धम्की दिने तथा शंकास्पद आर्थिक लेनदेन गरेको आरोप उठेपछि पार्टीले छानबिन अघि बढाएको हो।

रास्वपाले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ। पार्टीले राज्यका सम्बन्धित निकायबाट हुने स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

पार्टीले कानुनभन्दा माथि कोही पनि नहुने उल्लेख गर्दै अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानअनुसार थप कदम चाल्ने जनाएको छ। सुनारमाथि उठेका आरोपको अन्तिम टुङ्गो भने अनुसन्धानबाट लाग्न बाँकी छ।

 

प्रतिकृया दिनुहोस