४७ प्रकारका प्रतिरक्षासम्बन्धी औषधिको अनुमति खारेज
काठमाडौं । ले डेडिकेटेड उत्पादन सुविधा नभएका प्रतिरक्षा प्रणाली दबाउने (इम्युनोसप्रेसन्ट) ४७ प्रकारका औषधिको उत्पादन, बिक्री–वितरण तथा पैठारीसम्बन्धी अनुमति खारेज गरेको छ।
विभागले असोज २७ गते अत्यन्त जरुरी सूचना जारी गर्दै असोज २० गतेको महानिर्देशकस्तरीय निर्णयअनुसार सम्बन्धित औषधिको उत्पादन अनुज्ञापत्र, बिक्री–वितरण तथा पैठारी दर्ता प्रमाणपत्र र पैठारी सिफारिसपत्र खारेज गरिएको जनाएको हो।
विभागका अनुसार प्रतिरक्षा प्रणाली दबाउने औषधिमा एक औषधिबाट अर्कोमा दूषण (क्रस कन्टामिनेसन) हुन सक्ने जोखिम न्यूनीकरण गरी औषधिको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको हो।
खारेजीमा टोफासिटिनिब, लेफ्लुनोमाइड, माइकोफेनोलेट मोफेटिल र ट्याक्रोलिमस लगायतका औषधिका विभिन्न ब्रान्ड छन्। यी औषधि विभिन्न नेपाली तथा विदेशी उत्पादकसँग सम्बन्धित छन्।
यसअघि जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका केही औषधिको आपूर्ति व्यवस्थापनका लागि बढीमा तीन महिनासम्म उत्पादन वा पैठारी अनुमति दिइएको विभागले जनाएको छ। त्यस्ता औषधि आयात गर्दा पैठारीकर्ताले भन्सार प्रज्ञापनपत्र र मौज्दात विवरण विभागमा पेस गर्नुपर्नेछ।
विभागले डेडिकेटेड उत्पादन सुविधा भएका उत्पादक तथा पैठारीकर्तालाई बजारमा औषधिको नियमित आपूर्ति र उपलब्धता सुनिश्चित गर्न निर्देशन दिएको छ। साथै, विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (डब्लुएचओ जीएमपी) लेखापरीक्षण नभएका तथा नयाँ उत्पादन सुविधाको लेखापरीक्षण बाँकी रहेका केही औषधिको दर्ता नवीकरण प्रक्रिया लेखापरीक्षणपछि मात्र अघि बढाइने जनाएको छ। नियामक निकायबाट मान्यता प्राप्त (एसआरए स्वीकृत) कम्पनीका औषधिको भने नयाँ दर्ता तथा नवीकरण गरिने विभागले स्पष्ट पारेको छ।



..jpeg)
















प्रतिकृया दिनुहोस