• १५ कार्तिक २०८३, आइतबार

स्वास्थ्य सेवाको गुणस्तर र बिरामी सुरक्षा सुधारमा राष्ट्रिय कार्यशाला

काठमाडौं । नेपालको स्वास्थ्य सेवालाई गुणस्तरीय, सुरक्षित र बिरामीमैत्री बनाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को आयोजनामा तीनदिने राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ।

बुढानीलकण्ठस्थित पार्क भिलेज होटल एन्ड रिसोर्टमा कात्तिक १४ देखि १६ गतेसम्म आयोजित ‘स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा बिरामी सुरक्षा’ विषयक कार्यशालामा देशभरका २६ मेडिकल कलेज तथा अस्पतालका ६४ जना प्रतिनिधि सहभागी भएका थिए।

कार्यशालामा भारतको भेलोर र बंगलादेशका स्वास्थ्य क्षेत्रका विज्ञहरूले समेत सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान गरेका थिए।

कार्यशालामा स्वास्थ्य सेवाका क्रममा हुन सक्ने रोकथामयोग्य त्रुटि तथा जोखिम न्यूनीकरण, बिरामीको सुरक्षा सुनिश्चितता र उपचार सेवाको गुणस्तर सुधारका विषयमा छलफल गरिएको थियो।

टिचिङ अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सुभाषप्रसाद आचार्यको पहलमा सुरु भएको कार्यशाला अस्पतालका सहायक निर्देशक तथा गुणस्तर सुधार एवं बिरामी सुरक्षा इकाईका प्रमुख प्रा.डा. पवनराज चालिसेको नेतृत्व र समन्वयमा आयोजना गरिएको हो।

कार्यशालाले अस्पतालको सेवा विस्तारसँगै सुरक्षित, प्रभावकारी र बिरामीमैत्री स्वास्थ्य सेवा प्रवाहको संस्थागत अभ्यास विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस