स्वास्थ्य अवस्था बिग्रिएपछि अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना
काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ।
शनिबार दिउँसोसम्म स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई इलाम जिल्ला अस्पताल लगिएको हो। उनी इलामस्थित नारायण मन्दिरमा २५औँ सत्याग्रहमा बसेका थिए।
डा. केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई निलम्बन गर्नुपर्नेलगायतका माग अघि सारेका छन्। साथै, २४औँ सत्याग्रहका क्रममा सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन गर्नुपर्ने विषयलाई उनले यसपटक पनि प्राथमिकताका साथ उठाएका छन्। उनका माग ६ बुँदामा समेटिएका छन्।
शनिबार दिउँसो ३ बजे गरिएको स्वास्थ्य परीक्षणका क्रममा उनको रगतमा चिनीको मात्रा कम पाइएको थियो। स्वास्थ्य अवस्था थप बिग्रिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो।










..jpeg)










प्रतिकृया दिनुहोस