• १६ कार्तिक २०८३, सोमबार

चौथो दिनमै डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या, चिनीको मात्रा ३६ मा झर्‍यो

काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। सत्याग्रहको चौथो दिनमै उनको स्वास्थ्यमा थप समस्या देखिएको हो।

डा. केसीको रगतमा चिनीको मात्रा घटेर ३६ मिलिग्राम प्रतिशतमा झरेको छ। त्यस्तै, पिसाबमा एसिटोनको मात्रा (++ ) देखिएको छ भने रक्तचाप पनि १००/६० भन्दा तल झर्दै गएको छ।

स्वास्थ्य परीक्षणका क्रममा देखिएका यी अवस्थाले उनको स्वास्थ्य जोखिमपूर्ण बन्दै गएको संकेत गरेका छन्। जुनसुकै बेला बेहोस हुन सक्ने अवस्था रहेको जनाइएको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै डा. केसीले इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गर्नुभएको हो। सत्याग्रह लम्बिँदै जाँदा उनको स्वास्थ्य अवस्था थप कमजोर बन्दै गएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस