• १२ कार्तिक २०८३, बुधबार

प्राविधिक समस्याका कारण स्वास्थ्य व्यवसायी परिषद्को अनलाइन सेवा अवरुद्ध

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अनलाइन सेवा विगत चार–पाँच दिनदेखि अवरुद्ध भएको छ।

परिषद्ले देशव्यापी रूपमा देखिएको प्राविधिक समस्याका कारण सेवा प्रवाहमा कठिनाइ भएको जनाएको छ। सेवाग्राहीलाई परेको असुविधाप्रति दुःख व्यक्त गर्दै परिषद्ले राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबारसँगको सहकार्यमा सर्भर मर्मतसम्भारको काम भइरहेको जानकारी दिएको छ।

परिषद्ले मर्मतसम्भार सकेर यथाशीघ्र अनलाइन सेवा सञ्चालनमा ल्याइने जनाएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस