• १६ कार्तिक २०८३, सोमबार

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप बिग्रदै, स्वासप्रश्वासमा कठिनाइ भएपछि अक्सिजन दिन थालियो

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई अक्सिजन दिन थालिएको छ।

चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै थप सुविधा सम्पन्न अस्पतालमा सार्न सल्लाह दिएका छन्।

डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उपचारमा संलग्न चिकित्सकहरूले निरन्तर निगरानी गरिरहेका छन्। उनको स्वास्थ्य अवस्था थप जटिल बन्न सक्ने भन्दै आवश्यक उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिइएको हो।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस