नेपाली युरोलोजिस्ट डा. सञ्जय खड्गीलाई अन्तर्राष्ट्रिय ‘डिस्टिङ्गुइस्ड करिअर अवार्ड’
काठमाडौं । नेपाली युरोलोजिस्ट डा. सञ्जय खड्गीले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘डिस्टिङ्ग्विस्ड करियर अवार्ड’ प्राप्त गरेका छन्। उनी यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली युरोलोजिस्ट बनेका छन्।
इटालीको फ्लोरेन्समा नोभेम्बर ११ मा आयोजित सोसाइटी इन्टरनेसनल डी युरोलोजी (SIU) को ४६औँ अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा डा. खड्गीलाई उक्त सम्मान प्रदान गरिएको हो।
युरोलोजी क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदान, शल्यचिकित्सकीय दक्षता, चिकित्सा शिक्षा, अनुसन्धान तथा अन्तर्राष्ट्रिय ज्ञान आदानप्रदानमा निर्वाह गरेको भूमिकाको कदरस्वरूप उनलाई उक्त सम्मान गरिएको हो।
नेपालमा रहेर दुई दशकभन्दा बढी समयदेखि युरोलोजी सेवा र चिकित्सा शिक्षाको विकासमा सक्रिय डा. खड्गी अन्तर्राष्ट्रिय युरोलोजी सम्मेलनहरूमा फ्याकल्टीका रूपमा सहभागी हुने पहिलो नेपाली युरोलोजिस्ट हुन। उनले विभिन्न देशमा प्रत्यक्ष शल्यक्रिया प्रदर्शन तथा चिकित्सकलाई प्रशिक्षणसमेत दिँदै आएका छन्।
ललितपुरस्थित खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीमार्फत उनले नेपालसहित विभिन्न देशका युवा युरोलोजिस्टलाई मिनी पीसीएनएल र होलेपजस्ता आधुनिक शल्यचिकित्सा प्रविधिको प्रशिक्षण दिँदै आएका छन्। उनका २० भन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक प्रकाशनसमेत छन्।
अन्तर्राष्ट्रिय क्षेत्रमा योगदानसँगै डा. खड्गीले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई सहुलियतमा उपचार उपलब्ध गराउने र दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कामसमेत गर्दै आएका छन्।



..jpeg)



-1794543253.png)

..jpeg)

..jpeg)



प्रतिकृया दिनुहोस