भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदीलाई नियुक्त गरेको छ।
नेपाल सरकारका ११औँ तहका अधिकृत डा. सुवेदीले शुक्रबार मन्त्रालयबाट नियुक्तिपत्र बुझेका हुन्। यसअघि भेरी अस्पताल, नेपालगन्जको निर्देशकका रूपमा काम गरिसकेका उनी पछिल्लो समय वीर अस्पतालमा कार्यरत थिए।
यसअघिका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेलाई करिब डेढ महिनाअघि जिम्मेवारीबाट हटाइएपछि उक्त पद रिक्त थियो।
नियुक्तिपत्र बुझेपछि डा. सुवेदीले अस्पतालको विकास र सेवा सुधारका लागि काम गर्ने बताएका छन्।



..jpeg)



-1794543253.png)

..jpeg)

..jpeg)



प्रतिकृया दिनुहोस