विश्व मधुमेह दिवसमा एभरेस्ट अस्पतालको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । विश्व मधुमेह दिवसको अवसरमा एभरेस्ट अस्पताल, नयाँ बानेश्वरले निःशुल्क मधुमेह स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।
अस्पतालले शनिबार (नोभेम्बर १४) दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने शिविरमा निःशुल्क फास्टिङ ब्लड सुगर परीक्षणको व्यवस्था गरेको जनाएको छ। साथै, औषधिमा विशेष सुविधा तथा अन्य प्रयोगशाला परीक्षणमा छुटसमेत उपलब्ध गराइनेछ।
मधुमेहको समयमै पहिचान, नियमित परीक्षण र उचित उपचारबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको अस्पतालले जनाएको छ।
शिविरमा सहभागी हुन चाहनेले अस्पतालमै उपस्थित भएर वा फोन तथा ह्वाट्सएपमार्फत नाम दर्ता गर्न सक्नेछन्।
शिविरमा सहभागी हुन चाहनेले अस्पतालमै उपस्थित भएर वा एडमिनको मोबाइल नम्बर ९८५१४२३५८२, क्यासियर इन्चार्जको नम्बर ९७४३९३९००० तथा अपरेसनको नम्बर ९८५१४५३२६५ मा फोन वा ह्वाट्सएप मार्फत नाम दर्ता तथा बुकिङ गर्न सक्नेछन्।
'स्वास्थ्य सेवा हाम्रो जिम्मेवारी, सामाजिक सेवा हाम्रो प्रतिबद्धता' भन्ने मूल नारासहित एभरेस्ट अस्पतालले यस निःशुल्क शिविरबाट लाभ लिन सम्पूर्ण सर्वसाधारणलाई हार्दिक अनुरोध गरेको छ।


..jpeg)




-1794543253.png)

..jpeg)

..jpeg)



प्रतिकृया दिनुहोस