• २९ कार्तिक २०८३, आइतबार

वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डा. ओमकृष्ण मल्लको निधन

काठमाडौं । नेपालका वरिष्ठ नेत्ररोग विशेषज्ञ प्राध्यापक डा. ओमकृष्ण मल्ल (डा. ओके मल्ल) को निधन भएको छ। उनको निधनप्रति नेपाल अप्थाल्मिक सोसाइटी (एनओएस) ले दुःख व्यक्त गरेको छ।

डा. मल्लले सन् १९९४ देखि १९९७ सम्म सोसाइटीको अध्यक्षका रूपमा नेतृत्व गरेका थिए। नेपाली नेत्ररोग चिकित्सा क्षेत्रको विकास, चिकित्सा शिक्षा र नयाँ पुस्ताका विशेषज्ञ चिकित्सक उत्पादनमा उनको महत्वपूर्ण योगदान रहेको सोसाइटीले जनाएको छ।

नेत्ररोग चिकित्सा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनले एसिया प्यासिफिक एकेडेमी अफ अप्थाल्मोलोजी (एपीएओ) को ‘डिस्टिङ्गुइस्ड सर्भिस अवार्ड’ र नेपाल अप्थाल्मिक सोसाइटीको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गरेका थिए।

सोसाइटीले डा. मल्लको निधनलाई नेपाली नेत्ररोग चिकित्सा समुदायका लागि अपूरणीय क्षति भन्दै शोकसन्तप्त परिवार, सहकर्मी तथा आफन्तजनप्रति समवेदना व्यक्त गरेको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस