स्वास्थ्य व्यवसायी परिषद्ले सार्वजनिक गर्यो संस्थागत सुधारका योजना
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले दर्ता, प्रमाणपत्र, परीक्षा प्रणाली र नियमनलाई व्यवस्थित बनाउने उद्देश्यसहित विभिन्न निर्णय तथा आगामी कार्ययोजना सार्वजनिक गरेको छ। परिषद्का कार्ययोजना तथा सुधारका प्रयास शुक्रबार सार्वजनिक गरिएको हो।
परिषद्ले एमपीएचलगायतका स्नातकोत्तर तहका विशेषज्ञता दर्तालाई निरन्तरता दिने तथा बीपीएच र एमपीएच विधाको कार्यक्षेत्र (स्कोप अफ प्राक्टिस) निर्धारण गरी प्रमाणपत्र जारी गर्ने प्रक्रिया अघि बढाएको छ।
त्यसैगरी स्वास्थ्य व्यवसायीको दर्ता तथा नवीकरणलाई व्यवस्थित बनाउने, आचारसंहिता परिमार्जन गर्ने र उजुरीको छानबिन तथा कारबाही प्रक्रियालाई प्रभावकारी बनाउने योजना सार्वजनिक गरिएको छ।
सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन अनलाइन दर्ता तथा नवीकरण, क्यूआर कोडमार्फत प्रमाणपत्र प्रमाणीकरण र दर्ताको अवस्था आफैँ हेर्न सकिने ‘नो योर स्टाटस’ प्रणाली विकास गरिने परिषद्ले जनाएको छ।
दर्ता परीक्षालाई पारदर्शी र विश्वसनीय बनाउन प्रश्न बैंक निर्माण तथा परीक्षा प्रणालीको समीक्षा गर्ने योजना पनि अघि सारिएको छ।
यसैगरी विद्यार्थीको अनुसन्धानलाई प्रोत्साहन गर्न ‘स्टुडेन्ट थेसिस ग्रान्ट’, वार्षिक जर्नल प्रकाशन, प्रमाणपत्रको डिजिटलाइजेसन र पाँचवर्षे संस्थागत विकास योजना तयार गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।
परिषद्ले कानुनी सुधारका लागि कार्यदल गठन गर्ने तथा पूर्वअध्यक्ष, विज्ञ र सरोकारवालासँग छलफल गरी स्वास्थ्य व्यवसायीको नियमन र संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने जनाएको छ।




..jpeg)


-1794543253.png)

..jpeg)

..jpeg)



प्रतिकृया दिनुहोस