ॐ अस्पतालको अध्यक्षमा डा. हरिकिशोर श्रेष्ठ चयन
काठमाडौं । चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको सञ्चालक समितिको अध्यक्षमा डा. हरिकिशोर श्रेष्ठ चयन भएका छन्।
गत शनिबार सम्पन्न अस्पतालको ३०औँ वार्षिक साधारणसभाले डा. श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो।
नवनिर्वाचित सञ्चालक समितिका सदस्यमा निवर्तमान अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठ, सरला रिजाल, प्राडा जागेश्वर गौतम, डा. गिसुप निख प्रसिको, डा. रिता सिंह हमाल, डा. राजेशकिशोर श्रेष्ठ, बाबुकाजी कार्की, शरदकान्त अधिकारी, विजय मल्ल र हरिप्रसाद पाठक रहेका छन्।
यसैबीच, नवनिर्वाचित अध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरूले बिहीबार अस्पताल पुगेर पदभार ग्रहण गरेका छन्।



..jpeg)



-1794543253.png)

..jpeg)

..jpeg)



प्रतिकृया दिनुहोस