पारस खड्काले सुरु गरे मेट्रोल्याब्सको निःशुल्क मधुमेह परीक्षण अभियान, एक महिना नि:शुल्क परिक्षण हुने
काठमाडौं । विश्व मधुमेह दिवसको अवसरमा मेट्रोल्याब्सले ‘सुगर जाँच गरौँ, भविष्य जोगाऔँ’ नारासहित निःशुल्क मधुमेह परीक्षण अभियान सुरु गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रिय क्रिकेट कप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र काठमाडौं महानगरपालिका वडा नं. ३१ का अध्यक्ष सरोज ढकालले रक्तनमुना दिएर अभियानको शुभारम्भ गरेका हुन्।
मेट्रोल्याब्सको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गरिएको अभियानमा आगामी डिसेम्बर ३१, २०२६ सम्म निःशुल्क ब्लड सुगर तथा एचबीएवानसी परीक्षण गर्न सकिनेछ।
अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आईडीएफ) का अनुसार नेपालमा करिब १२ लाख ६० हजार वयस्क मधुमेहबाट प्रभावित छन्। तीमध्ये ७० प्रतिशतभन्दा बढीलाई आफू मधुमेहबाट प्रभावित भएको जानकारीसमेत नभएको उल्लेख छ।
कार्यक्रममा पारस खड्काले मधुमेहको जोखिम न्यूनीकरणका लागि स्वस्थ खानपान, नियमित व्यायाम र समयमै स्वास्थ्य परीक्षण आवश्यक रहेको बताए। वडा अध्यक्ष ढकालले पनि रोगको समयमै पहिचान र नियमित परीक्षणको बानी विकास गर्नुपर्नेमा जोड दिए।
मेट्रोल्याब्सका प्रबन्ध निर्देशक तथा जनस्वास्थ्यविद् शंकर देवकोटाले रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्नुअघि नै सचेतना र परीक्षणलाई प्राथमिकता दिनुपर्ने बताए।
अभियानअन्तर्गत फास्टिङ तथा र्यान्डम ब्लड सुगर र एचबीएवानसी परीक्षण निःशुल्क उपलब्ध हुनेछ। विशेषगरी ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति, परिवारमा मधुमेहको इतिहास भएका, उच्च रक्तचाप वा कोलेस्ट्रोल भएका तथा अन्य जोखिम समूहका व्यक्तिलाई परीक्षणमा सहभागी हुन आग्रह गरिएको छ।
निःशुल्क परीक्षणका लागि इच्छुक व्यक्तिले ‘माई हेल्थ नाउ’ एप डाउनलोड गरी आवश्यक प्रक्रिया पूरा गरेर मेट्रोल्याब्समा सेवा लिन सक्नेछन्।


..jpeg)




-1794543253.png)

..jpeg)

..jpeg)



प्रतिकृया दिनुहोस