• २९ कार्तिक २०८३, आइतबार

मानसिक स्वास्थ्य सेवाको आवश्यकता बढेको छ: उपराष्ट्रपति यादव

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमा मानसिक स्वास्थ्य सेवाको आवश्यकता बढेको  बताएका छन्।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी)को २० औं वार्षिकोत्सवक अवसरमा बोल्दै उपराष्ट्रपति यादवले मानिसक स्वास्थ्यको विषय संवेदनशील भएको बताएक हुन्।

उनले भने 'गएको एक दशकमा भूकम्प र कोरोना महामारीको कारणले गर्दा पनि मानसिक स्वास्थ्यको आवश्यकता झन् बढेको छ। मानसिक समस्या भएका बिरामीहरुलाई हेर्ने नकारात्मक र पुरातन दृष्टिकोणको कारण मानसिक स्वास्थ्यमा अझै बढी समस्या रहेको छ।'

त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सविच डा रोशन पोखेरले मानसिक स्वास्थ्यसम्बन्धी भ्रम निवारणलाई प्राथमिकतामा राखेर काम गरिनु आवश्यक भएको बताए।

उनले भने 'मानसिक स्वास्थ्य रणनीति कार्यान्वयन गर्न सबैभन्दा महत्वपूर्ण जनचेतना र भ्रम निवारण हुनु आवश्यक छ।'

त्यसैगरी, सीएमसी नेपालका अध्यक्ष डा एसपी कलौनीले मानसिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक भएको बताए। मानसिक तथा मनोसामाजिक सेवाहरुमा आम मानिसहरुको पहुंच बढाउनु पर्नेमा उनको जोड थियो।

सीएमसीले हालसम्म ५४ जिल्लामा मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न परियोजनाहरुमा काम गरिसकेको छ। 'स्वस्थ शरीर, स्वस्थ मन'को अभियानलाई आत्मसात गर्दै सन् २००३ मे १ मा सीएमसीको स्थापना भएको थियो।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस