नर्भिक अस्पतालमा अब शनिबार पनि सबै सेवा खुला
काठमाडौं । कामको व्यस्तताका कारण नियमित स्वास्थ्य जाँच गर्न नपाइरहेका व्यक्तिलाई लक्षित गर्दै नर्भिक इन्टरनेशनल हस्पिटलले शनिबार पनि आफ्ना सेवाहरू सञ्चालनमा ल्याएको छ।
थापाथलीस्थित अस्पतालले यसअघि शनिबार आकस्मिक सेवा मात्र उपलब्ध गराउँदै आएकोमा अब ओपीडी (बहिरंग सेवा) सहित विभिन्न स्वास्थ्य सेवाहरू विस्तार गरेको हो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रका अनुसार बैशाख १२ गतेदेखि लागू हुने गरी प्रत्येक शनिबार ओपीडी सेवा सञ्चालनमा आउनेछ।
अब शनिबारका दिन बिरामीहरूले डाक्टरसँग परामर्श लिन सक्ने, प्रयोगशाला परीक्षण गराउन सक्ने तथा इमेजिङ सेवाहरू—जस्तै एक्स–रे, सिटी स्क्यान र एमआरआई—समेत सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
सीईओ मिश्रले कार्यव्यस्तताका कारण स्वास्थ्य जाँचमा ढिलाइ गरिरहेका व्यक्तिहरूलाई लक्षित गर्दै यो सेवा विस्तार गरिएको जानकारी दिए। साथै, अस्पतालले बैशाख महिनाभर यी सेवाहरूमा १० प्रतिशत छुटको व्यवस्था समेत गरेको जनाएको छ।
यस पहलले विशेष गरी कार्यालय समयमा स्वास्थ्य जाँच गर्न नसक्ने कामकाजी वर्गलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।



.jpeg)

..jpeg)



-1794543253.png)

..jpeg)


..jpeg)
प्रतिकृया दिनुहोस