नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको अध्यक्षमा डा. अर्याल चयन
काठमाडौं । नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससीसीएम) को सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा डा. दिप्तेश अर्याल चयन भएका छन्।
नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. सविन कोइराला, महासचिवमा डा. प्रदीप तिवारी, कोषाध्यक्षमा डा. ललितकुमार राजवंशी, सहसचिवमा डा. किशोर खनाल र सहकोषाध्यक्षमा डा. सचित शर्मा चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा डा. विपिन कारी, डा. शुभकल्याण श्रेष्ठ, डा. वसन्त गौली र डा. कल्पना खर्बुजा चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष प्रा. डा. रविराम श्रेष्ठले बधाई दिएका छन्।
यसैबीच, एनएससीसीएमको आठौँ अन्तर्राष्ट्रिय सम्मेलनसहित सघन उपचारसम्बन्धी तीनवटा अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएका छन्। कात्तिक २७ र २८ गते होटल र्याडिसनमा आयोजित सम्मेलनमा ४० भन्दा बढी देशका १०० भन्दा बढी अन्तर्राष्ट्रिय विशेषज्ञसहित ८०० भन्दा बढीको सहभागिता रहेको थियो।
सम्मेलनमा सघन उपचार सेवाको गुणस्तर र बिरामी सुरक्षामा सुधार ल्याउन चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीबीचको सहकार्य र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानमा जोड दिइएको थियो।


.jpeg)


..jpeg)



-1794543253.png)

..jpeg)


..jpeg)
प्रतिकृया दिनुहोस