क्रिटिकल केयर नर्सेस एसोसिएसनको अध्यक्षमा बरुणा पौडेल निर्वाचित
काठमाडौं । क्रिटिकल केयर नर्सेस एसोसिएसन नेपाल (सीसीएनएएन) को अध्यक्षमा बरुणा पौडेल निर्वाचित भएकी छन्।
पौडेलको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रभा गौतम, महासचिवमा समिना अमात्य, सहसचिवमा मेनुका कार्की, कोषाध्यक्षमा गायत्री पौडेल र सहकोषाध्यक्षमा निशा भण्डारी चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा रोशनी श्रेष्ठ, सबिता कार्की, एलिसा गुभाजु र बिना भट्टराई निर्वाचित भएका छन्।
दुई महिनाअघि सम्पन्न निर्वाचनबाट चयन भएको ११ सदस्यीय कार्यसमितिलाई हिजो औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो। नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ। एसोसिएसनमा हाल करिब चार सय सदस्य आबद्ध छन्।
नवनिर्वाचित अध्यक्ष पौडेल नर्सिङ क्षेत्रमा २९ वर्षदेखि सक्रिय छिन्। उनी हाल मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा नर्सिङ निर्देशकका रूपमा कार्यरत छिन्। यसअघि उनले नेपाली सेना, नेपाल मेडिसिटी र ह्याम्स अस्पतालमा समेत काम गरिसकेकी छन्।


.jpeg)


..jpeg)



-1794543253.png)

..jpeg)


..jpeg)
प्रतिकृया दिनुहोस