झपट साउद बने सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्री
कैलाली। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रीमा झपट साउद नियुक्त भएका छन्।
प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा माओवादी केन्द्रका साउदलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका हुन्।
साउद गत गत ४ मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा साउद अछाम क्षेत्र नं १ ख बाट निर्वाचित सांसद हुन्। उनी माओवादी केन्द्रका तर्फबाट उम्मेद्धार बनेका थिए।
आज नेकपा माओवादी केन्द्रबाट सामाजिक मन्त्रीमा साउद संगै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रमेश धामी, तथा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा गितादेवी माल र नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पृथ्वीबहादुर सिंहलाई सामेत नियुक्त गरेका छन्।

-1793694208.jpeg)



















प्रतिकृया दिनुहोस