नयाँ बानेश्वरमा काठमाडौं क्यान्सर सेन्टरको सिटी क्लिनिक सञ्चालन
काठमाडौं। काठमाडौं क्यान्सर सेन्टरले नयाँ बानेश्वरमा सिटी क्लिनिक सञ्चालनमा ल्याएको छ।
भक्तपुरको ताथलीस्थित क्यान्सर अस्पतालले आफ्नो सेवा विस्तार गर्दै बानेश्वरमा क्लिनिक सुरु गरेको हो। चैत १५ गतेदेखि औपचारिक रूपमा सेवा सुरु भएको उक्त क्लिनिकको उद्घाटन सोमबार अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा. सिमित सापकोटाले गरेका छन्।
अध्यक्ष डा. सापकोटाका अनुसार क्लिनिकले दैनिक बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म १२ घण्टा सेवा प्रदान गर्नेछ। उनका अनुसार यो विशेषीकृत क्लिनिकमा अन्को–फर्टिलिटी, ब्रेस्ट क्यान्सर, अन्को–रिह्याबिलिटेसन तथा मलिक्युलर अन्कोलोजी सेवाहरू सञ्चालन हुनेछन्।
हालसम्म ताथलीबाट सेवा प्रदान गर्दै आएको सेन्टरले बिरामीलाई सहज पहुँच दिन नयाँ बानेश्वरमा सिटी क्लिनिक सञ्चालनमा ल्याएको जनाएको छ।
नयाँ क्लिनिकमा ओपीडी सेवासँगै आवश्यक ल्याब परीक्षण, अल्ट्रासाउन्ड, डे–केयर तथा किमोथेरापी सुविधा उपलब्ध हुनेछ। साथै, विशेषज्ञ चिकित्सकहरूको टोलीमार्फत कार्टीसेलजस्ता आधुनिक उपचार विधि प्रयोग गर्दै प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।











..jpeg)










प्रतिकृया दिनुहोस