• ३ असोज २०८३, शनिबार

बाढीले क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा

धादिङ। विनाशकारी बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिकास्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ।

बाढीका कारण अस्पतालको भौतिक संरचना तथा स्वास्थ्य सेवा प्रभावित भएपछि केही समय सेवा अवरुद्ध भएको थियो। क्षतिग्रस्त संरचनाको मर्मतसम्भार तथा आवश्यक व्यवस्थापनपछि अस्पतालबाट पुनः नियमित स्वास्थ्य सेवा सुरु गरिएको हो।

अस्पताल पुनः सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रका स्थानीयवासीलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा लिन सहज भएको छ। अस्पतालमा सेवा पुनःस्थापना भएपछि उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता समेत कम हुने अपेक्षा गरिएको छ।

अस्पतालको सेवा प्रभावकारी बनाउन आवश्यक स्वास्थ्य उपकरणसमेत चुची च्यारिटी फाउन्डेसनले हस्तान्तरण गरेको छ। बाढीबाट प्रभावित स्वास्थ्य संस्थामा सेवा पुनःस्थापना र आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापनले स्थानीयस्तरमा स्वास्थ्य सेवा निरन्तरता दिन सहयोग पुग्ने जनाइएको छ।

 

 

प्रतिकृया दिनुहोस