• ३ असोज २०८३, शनिबार

भोटेकोशी बाढीपीडितका लागि फ्रन्टलाइन अस्पतालको १० लाख सहयोग

काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि फ्रन्टलाइन अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख एक जहार सहयोग रकम हस्तान्तरण गरेको छ।

नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन लिमिटेडअन्तर्गतको फ्रन्टलाइन अस्पतालले बिहीबार अर्थ मन्त्रालयमा १० लाख एक जहार सहयोग रकमको चेक हस्तान्तरण गरेको हो।

अर्थ सचिव डा. घनश्याम उपाध्यायको उपस्थितिमा फाउन्डेसनका अध्यक्ष नवराज पाण्डे र अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अशोकवर्धनले सहयोग रकमको चेक अर्थ सचिवलाई हस्तान्तरण गरेका हुन्।

भोटेकोशी बाढीबाट रसुवासहित आसपासका क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा क्षति पुगेको छ। प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा रकम प्रदान गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले आगामी दिनमा पनि विपद् तथा आपत्कालीन अवस्थामा मानवीय सेवा र सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग तथा सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

 

प्रतिकृया दिनुहोस