• ३ असोज २०८३, शनिबार

जनकपुरमा चिकित्सकमाथि आक्रमण, दोषीलाई कारबाही गर्न चिकित्सक संघको माग

काठमाडौं । जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्युटीमा खटिएका चिकित्सक डा. सरोज साहमाथि भएको सांघातिक आक्रमणको नेपाल चिकित्सक संघले भर्त्सना गरेको छ।

भदौ १ गते बिरामीका आफन्तसहितको समूहले डा. साहमाथि आक्रमण गरेको भन्दै संघले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

संघले स्वास्थ्य सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने यस्ता घटनाले पेशागत सुरक्षा र आत्मसम्मानमा गम्भीर असर पार्ने बताएको छ। घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न संघले सम्बन्धित निकायसँग माग गरेको छ।

संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथिको हिंसा रोक्न प्रभावकारी सुरक्षा व्यवस्था गर्नसमेत आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस