• ३ असोज २०८३, शनिबार

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

काउन्सिलमा नियुक्त हुने सदस्यहरूमा डा. गोपालकुमार चौधरी, डा. प्रतिभा बिष्ट रोका, डा. श्यामेन्द्रबहादुर सिंह, डा. बोधविक्रम कार्की र डा. सुभित मास्के रहेका छन्।

नियुक्तिपछि उनीहरूले काउन्सिल सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस