प्रा.डा. वाईपी सिंहको पुस्तक "क्यान्सर-के, किन र कसरी ?" लोकार्पण
काठमाडौ। नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रा.डा.योगेन्द्र प्रसाद(वाइ.पी.) सिंहद्वारा लिखित पुस्तक "क्यान्सर-के, किन र कसरी ?" नामक पुस्तक लोकार्पण गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा डा यादवले उक्त पुस्तकको लोकार्पण गरेका हुन्।
डा यादवले शुभकामना दिदै मेडिकल अध्ययन गरेपनि १० वर्षमात्र अभ्यास गरेको र त्यसपछि राजनीतिमार्फत नेतृत्वमा आएर जनस्वास्थ्यका पोलेसीमा काम गरेको बताए। उनले आफै पनि क्यान्सरको संक्रमणमा परेको सुनाउदै स्वास्थ्यमा अहिले स्वास्थ्य संस्था बढाउने होडबाजी भएपनि दक्ष जनशक्ति अझै कम भएको भन्दै र अहिले रोगको पहिचानकालागि "हेड टु टोइ इक्जामिनेसन" गर्ने क्रम घटेर सिधै सिटी स्क्यान गर्ने चलन बढेकोमा दुख ब्यक्त गरे। पुस्तकमा आफ्ना सहकर्मी डाक्टरहरुको समेत लेख राखेर आम सर्वसाधारणले बुझ्ने गरि सरल भाषामा तयार गरेकोमा डा वाईपी सिंहको प्रशंसा समेत गरे।
उनले मुलुकमा ७ साल देखि ६२/६३ हुँदै अहिले सम्म पटक पटक भएका राजनीतिक परिवर्तनले शिक्षा र स्वास्थ्यमा नेपालले जसरी अगाडि बढ्नु पर्ने थियो त्यसरी जान नसकेको भन्दै दु: ख व्यक्त गरे। हरेक वर्ष १ लाख २५ हजार विद्यार्थी मुलुक बाहिर अध्यापनका लागि जाने र ६८ अर्व पैसा बाहिरिने गरेको समाचार सन्नु परेको बताए।
डा यादवले क्यान्सर डाइग्नोष्टिकको झंझटले आफ्नै पहलमा उपचारको लागि आवश्यक पेट सिटीका लागि त्यति पहिले नै बजेट व्यावस्था गर्न लगाएको र विपि कोइराला क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिनको उपचार गर्ने र डाइनोष्टिक गर्ने मेशिन अहिले सम्म नआएकोमा दुख व्यक्त गरे।
कार्यक्रममा पुस्तकका लेखक तथा वरिष्ठ क्यान्सर सर्जन डा वाईपी सिंहले पुस्तक तयार गर्दाका समयहरु सम्झदै लामो समयको अनुभव, ज्ञान र तथ्य संकलन गरेको बताए। उनले क्यान्सर के कारणले लाग्छ, किन लाग्छ र कसरी लाग्छ भन्ने कुरा कमसेकम जनप्रतिनिधि तथा स्कुलहरु सम्म पनि पुर्याउन सके सरकारको र जनताको धेरै आर्थिक भार कम गर्न सकिने बताए।

कार्यक्रममा आईओएमका पूर्व डिन तथा काठमाडौं महानगर पालिकाका स्वास्थ्य सल्लाहकार प्राडा जगदिश प्रसाद अग्रवालले जनचेतना सबै भन्दा ठूलो कुरा भएको बताउदै खानपान बारे मात्र पनि सबैमा बुझाउन सके क्यान्सर हुनबाट समेत रोक्न सकिने बताए। उनले कामनपाले ३२ वडाहरुमा नै स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरी प्रिभेन्सनमा जोड दिने बताए।
त्रिवि चिकित्सा शास्त्र अध्यायन संस्थान महाराजगन्जकी डिन डा दिव्या सिंह शाहले हाम्रो जस्तो कम आम्दानी भएका मुलुक क्यान्सर जस्ता नसर्न रोगको जोखिममा रहेको बताइन्। उनले यस पुस्तकले नेपालमा जनचेतना जगाउन सहयोग पुग्ने र यसले रोग लागेर उपचार गर्ने भन्दा रोग लाग्नै नदिने गरि जीवन पद्वती गुणस्तरीय वनाउन सहयोग पुग्ने विश्वास व्याक्त गरिन्।
त्यसैगरी वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र प्रसाद बरालले क्यान्सरपको जनचेतनाको क्षेत्रमा धेरै काम गर्नु पर्ने रहेको बताउदै क्यान्सर महंगो उपचार भए पनि निकोहुन सक्ने रोग भएको बताए। उनले धेरै क्यान्सर विजेता अहिले हाम्रो समाजमा रहेको बताउदै ९५ प्रतिशत क्यान्सर नेपालमै उपचार हुने दावी गरे।
कार्यक्रममा क्यान्सर विजेता रुवी क्षेत्रीले क्यान्सर लागे पछी आत्मबल सबै भन्दा ठूलो भएको बताउदै समाजले अरुको बारेमा गर्ने प्रश्नले हतोत्साही पार्ने बताइन्। क्यान्सर लागेपछी उपचारसँगै स्नेह, माया, ढाडस अती आवश्यक रहेको बताउदै मोटिभेसनले जिवनमा अगाडि बढ्न सहयोग पुर्याउने बताइन्। समाजले दिने बाहिरी सल्लाह भन्दा परिवारको स्नेह महत्वपुर्ण रहेको भन्दै उनले क्यान्सर सँग जुधिरहेकाहरुका लागि आत्मबल दिन तथा सहयोग गर्न क्यान्सर विजेताहरुले नेपाल क्यान्सर सर्भाइभल सोसाइटी खोलेर काम गरिरहेको बताइन्।
नेपाल क्यान्सर एजुकेशन फाउण्डेशनले प्रकाशन गरेको यो पुस्तकको मुल्य २५० रहेको छ।















..jpeg)


प्रतिकृया दिनुहोस