• ८ मङ्सिर २०८३, मंगलबार

ट्रमा सेन्टरको १३औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले आफ्नो १३औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा मंगलबार रक्तदान कार्यक्रम आयोजना गरेको छ। सेन्टर परिसरमा बिहानैदेखि सञ्चालन भइरहेको कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरिरहेका छन्।

रक्तदान कार्यक्रममा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीसहित अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी र अन्य कर्मचारी सहभागी भएका छन्।

सेन्टरले बुधबार आफ्नो १३औँ वार्षिकोत्सव मनाउँदै छ। प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मरासिनीका अनुसार २०७१ साल मंसिर ९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा ट्रमा सेन्टरको सेवा शुभारम्भ गरेका थिए।

वार्षिकोत्सवको अवसरमा सेन्टरले सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम तथा अतिरिक्त क्रियाकलाप आयोजना गरेको थियो। यसैक्रममा कर्मचारीबीच फुटसल प्रतियोगितासमेत सञ्चालन गरिएको थियो।

आकस्मिक दुर्घटना तथा अन्य कारणले घाइते भएर आउने बिरामीको उपचारमा रगतको अभाव हुन नदिन वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको अस्पताल प्रशासनले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस