मेडिकल काउन्सिलको प्रमाणपत्र लिन अब प्यान र कर चुक्ताको प्रमाणपत्र देखाउनुपर्ने
काठमाडौं । नेपाल मेडिकल काउन्सिलबाट विभिन्न प्रकारका दर्ता, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन स्थायी लेखा नम्बर (प्यान) र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र अनिवार्य गरिएको छ।
काउन्सिलले एक सूचना जारी गर्दै प्रमाणपत्रका लागि आवेदन दिँदा प्यान र त्यसको प्रमाणपत्र तथा पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने जनाएको हो। यो व्यवस्था मंसिर १५ गतेदेखि लागू हुनेछ।
काउन्सिलका अनुसार नेपाल सरकार, अर्थ मन्त्रालय तथा आन्तरिक राजस्व विभागले विभिन्न समयमा गरेको पत्राचार र आर्थिक वर्ष २०७९ र ८० को बजेट वक्तव्यको बुँदा नम्बर ३२१ मा भएको व्यवस्थाको कार्यान्वयनका लागि यस्तो निर्णय गरिएको हो।
त्यसैगरी, गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन आवेदन दिने नेपालमा कार्यरत चिकित्सकले सम्बन्धित संस्थाबाट जारी भएको हाल कार्यरत रहेको खुल्ने पत्र पेस गर्नुपर्नेछ। विदेशमा कार्यरत चिकित्सकले सम्बन्धित देशको मेडिकल काउन्सिल वा नियमनकारी निकायबाट जारी गरिएको गुड स्ट्यान्डिङ प्रमाणपत्र पेस गर्नुपर्नेछ।
रोजगारीमा संलग्न नभएका चिकित्सकले सोको व्यहोरा स्पष्ट खुलाएर निवेदन दिनुपर्ने काउन्सिलले जनाएको छ। गलत विवरण वा झुटा कागजात पेस गरेको पाइएमा कानुनी कारबाहीका साथै भविष्यमा गुड स्ट्यान्डिङ प्रमाणपत्र रोक्का हुन सक्ने चेतावनीसमेत काउन्सिलले दिएको छ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. सम्राट पराजुलीद्वारा जारी सूचनामा चिकित्सकलाई आवेदन दिँदा वास्तविक विवरण र प्रमाणित कागजात मात्र पेस गर्न आग्रह गरिएको छ।


-1786797434.jpeg)













..jpeg)




प्रतिकृया दिनुहोस