• १२ मङ्सिर २०८३, शनिबार

मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गता सम्बन्धी कानुनी विभेदबारे पत्रकारसँग ‘कोशिश’को अन्तरक्रिया

काठमाडौं। राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठन ‘कोशिश’ले मानसिक स्वास्थ्य र मनोसामाजिक अपाङ्गताका विषयमा विद्यमान कानुनमा रहेका विभेदकारी शब्दावली हटाउन सञ्चारकर्मीले कसरी पैरवी गर्न सक्छन् भन्ने विषयमा अन्तरक्रिया गरेको छ।

अन्तरक्रियामा कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले विद्यमान कानूनमा अझै पनि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिमाथि विभेद हुने खालका शब्दावली प्रयोग भइरहेको बताए।

उनले प्रत्येक नागरिकले विना भेदभाव सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्न त्यस्ता विभेदकारी शब्दावली हटाउन सञ्चारकर्मीले पैरवी गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सगुन पौडेलले मानसिक स्वास्थ्यका विषयमा समाचार संकलन र सम्पादन गर्दा संवेदनशील हुनुपर्नेमा जोड दिए।

अन्तरक्रियामा पाटन अस्पतालका मनोचिकित्सक डा. बासुदेव कार्की, कोशिशका अनुसन्धानकर्ता श्रीमन शर्मालगायतले नयाँ बन्न लागेको मानसिक स्वास्थ्य नीतिमा पनि पत्रकारहरूले उचित सुझाव राख्न आग्रह गरे।

कार्यक्रममा सहभागी पत्रकारहरूले मानसिक स्वास्थ्यसम्बन्धी कानुनमा रहेका विभेदकारी प्रावधान, समाचार सङ्कलनका क्रममा भोग्नुपर्ने चुनौती, रिपोर्टिङका विषयवस्तु तथा समाचारका विश्वसनीय स्रोतका बारेमा छलफल गरेका थिए।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस