स्वास्थ्य समाचार सम्प्रेषणमा संवेदनशील हुन मिडियालाई सरोकारवालाको आग्रह
काठमाडौं। प्रेस काउन्सिल नेपालले मिडियाप्रतिको जनगुनासो र आचारसंहिताका विषयमा स्वास्थ्य क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया गरेको छ।
काउन्सिलको सभाहलमा बुधबार भएको अन्तरक्रियामा सहभागीहरूले स्वास्थ्यसँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा संवेदनशील हुन आवश्यक रहेको औँल्याएका छन्। नागरिकलाई स्वास्थ्यप्रति सचेत गराउने दायित्व पनि मिडियाकै भएकाले समाचारका विषयमा संवेदनशील हुन आवश्यक रहेको उनीहरूको भनाइ थियो।
अन्तरक्रियामा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, विभिन्न अस्पतालका निर्देशक, स्वास्थ्य क्षेत्रका सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधि र चिकित्सकहरूले उपचार पद्धति, औषधिबारे पर्याप्त जानकारी र अस्पतालभित्रको सुरक्षा संवेदनशीलताका विषय नबुझी सञ्चारमाध्यमबाट फैलाइएका विषयले पार्ने नकारात्मक असरबारे सचेत हुन मिडिया क्षेत्रलाई आग्रह गरेका छन्।
प्रेस काउन्सिल नेपालले मिडिया क्षेत्र र मेडिकल क्षेत्रबीच समाचार सम्प्रेषणको विषयलाई लिएर समन्वयकारी भूमिका खेलिदिनुपर्ने उनीहरूको भनाइ थियो। स्वास्थ्य क्षेत्रको सुधारमा सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै सहभागीहरूले सञ्चारमाध्यमबाट सम्प्रेषण हुने आचारसंहिताप्रतिकूलका समाचारको परीक्षण (स्क्रिनिङ) हुनुपर्नेमा जोड दिएका थिए।
काउन्सिलका निमित्त अध्यक्ष नम्रता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य अधिकृत झविन्द्र भुसाल, आचारसंहिता अनुगमन महाशाखा प्रमुख रामशरण बोहरालगायतको उपस्थिति थियो।

त्यसैगरी स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविसमान सिंह प्रधान, वीर अस्पतालका निर्देशक डा. विकास नेपाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनी, पाटन अस्पतालका निर्देशक डा. शान्तवीर महर्जन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. अनुप बास्तोला, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा. सुवासप्रसाद आचार्य, नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. निराजन सुवेदी, नेपाल मेडिकल काउन्सिलका सदस्यद्वय डा. छवि पन्थी र डा. सम्राट पराजुली, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. लोचन कार्की, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका रेडियोलोजिस्ट डा. कृष्ण बुढाथोकी, तिलगङ्गा आँखा प्रतिष्ठानका मुकेशकुमार सिंह, अन्नपूर्ण न्युरो अस्पतालका निर्देशक डा. सुदन ढकाल, काठमाडौँ मोडल अस्पतालका निर्देशक डा. उदय कोइराला, औषधि उत्पादक संघका महासचिव सन्तोष बराल, नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए)का अध्यक्ष ललितमोहन पन्त, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालका उपाध्यक्ष प्राध्यापक श्यामकृष्ण जोशीलगायतले धारणा राखेका थिए।
त्यसैगरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीका निर्देशक डा. श्रीप्रसाद अधिकारी, निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्राडा. जितेन्द्र परियार, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक प्राडा. आशिष गोविन्द अमात्य, कान्ति बाल अस्पतालका निर्देशक डा. रामहरि चापागाईं, आयुर्वेद चिकित्सालय, नरदेवीका निर्देशक डा. रामअधार यादव, फार्मेसी काउन्सिलका रजिस्ट्रार डा. हरिस सिंह थापा, ह्याम्स अस्पतालका मेडिकल डाइरेक्टर डा. सविन कोइराला, ओम अस्पतालका निर्देशक डा. हरिष जोशीलगायत सहभागी थिए।








..jpeg)







..jpeg)



प्रतिकृया दिनुहोस