नुवाकोटका बाढीपीडित १५३ परिवारलाई चिकित्सक संघको राहत
काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण घरबास गुमाएर नुवाकोटको पिपलटारमा आश्रय लिइरहेका १५३ परिवारलाई नेपाल चिकित्सक संघ र युएसभी फर्मास्युटिकल्सले राहत सामग्री हस्तान्तरण गरेका छन्।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालको नेतृत्वमा गएको टोलीले आइतबार प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको हो। बाढीबाट विस्थापित परिवारको दैनिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको संघले जनाएको छ।
राहतमा ३०० थान म्याट्रेस, ३ लिटर क्षमताका १५० थान प्रेसर कुकर तथा ७५० थान थाल र ७५० थान गिलास वितरण गरिएको छ।
प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन युएसभी फर्मास्युटिकल्ससँगको सहकार्यमा सहयोग गरिएको अध्यक्ष डा. रिजालले बताए।
संघले आगामी दिनमा पनि राहत तथा पुनर्स्थापनाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।





-1789971833..jpeg)







..jpeg)





प्रतिकृया दिनुहोस