• ४ असोज २०८३, आइतबार

गोरखामा असोज ५ देखि एचपीभी खोप अभियान

गोरखा । गोरखामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान असोज ५ गतेदेखि सञ्चालन हुने भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार अभियान असोज ५ देखि ९ गतेसम्म सञ्चालन हुनेछ।

अभियानमा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालयबाहिर रहेका १० वर्षसम्मका किशोरीलाई लक्षित गरिएको छ। जिल्लाका १६८ विद्यालय र चार स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकिएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीका अनुसार कक्षा ६ मा अध्ययनरत एक हजार ७५३ जना र विद्यालयबाहिर रहेका १० जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ।

यसअघि अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा तथा विद्यालयबाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेत खोप दिइने कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख सिम्रन काफ्लेले विद्यालयबाहिर रहेका लक्षित किशोरीको पहिचान गरी खोप अभियानमा सहभागी गराउन स्थानीय स्वास्थ्य संस्था, विद्यालय तथा अभिभावकलाई आग्रह गरेका छन्। एक मात्रा एचपीभी खोप लगाइसकेका किशोरीले पुनः खोप लगाउन आवश्यक नरहेको कार्यालयले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस