छठ पर्वमा नेशनल मेडिकल कलेजले पाँच घाटमा स्वास्थ्य सहायता डेस्क सञ्चालन
वीरगञ्ज। छठ पर्वको अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले श्रद्धालुहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै वीरगञ्जका पाँच प्रमुख छठ घाटमा प्राथमिक उपचार तथा स्वास्थ्य सहायता डेस्क सञ्चालन गरेको छ।
कलेजले रानीघाट, मुर्ली पोखरी, घडिअर्वा पोखरी, स्विमिङ पुल र नगवा पोखरीमा मेडिकल पार्टनरका रूपमा स्वास्थ्य सहायता डेस्क स्थापना गरी सेवा प्रदान गरेको हो।
छठ पर्वका अवसरमा घाटमा उपस्थित व्रतालु, श्रद्धालु तथा सर्वसाधारणलाई आकस्मिक स्वास्थ्य समस्या देखिएमा तत्काल प्राथमिक उपचार र आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सञ्चालन गरिएको कलेजले जनाएको छ।
प्रत्येक घाटमा हेल्थ डेस्क लिडसहित एमबीबीएस अध्ययनरत विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गरिएको थियो। उनीहरूले घाटमा उपस्थित श्रद्धालुहरूलाई आवश्यक प्राथमिक उपचार तथा स्वास्थ्य सहायता प्रदान गरेका थिए।
दुईदिने छठ पर्वअन्तर्गत साँझको अर्घ्यदेखि सुरु गरिएको स्वास्थ्य सहायता सेवा भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने कार्यक्रम सम्पन्न हुँदासम्म निरन्तर सञ्चालन गरिएको कलेजले जनाएको छ।
स्वास्थ्यकर्मी तथा स्वयंसेवकको परिचालनलाई प्रभावकारी बनाउन कलेजले आवश्यक यातायात, समन्वय तथा व्यवस्थापकीय प्रबन्धसमेत मिलाएको थियो।





.jpeg)

..jpeg)




..jpeg)

प्रतिकृया दिनुहोस