केडीसी जनरल अस्पतालमा साउन महिना भर परीक्षण निशुल्क
काठमाडौँ । बसुन्धरास्थित केडीसी जनरल अस्पतालले साउन महिना भर परीक्षणका लागि आउने आम सर्वसाधारण तथा बिरामीका लागि निशुल्क सेवा उपलब्ध गराएको भएको छ।
अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठका अनुसार केडीसी जनलर अस्पतालमा सामान्य चिकित्सा तथा शल्यक्रियाका लागि निशुल्क परीक्षणको व्यवस्था गरिएको हो। यस्तै प्रसूति तथा स्त्री रोग परीक्षण सेवामा पनि पैसा नलिने बताइएको छ।
अस्पतालले प्रयोगशाला परीक्षणहरुमा पनि साउन महिनाभर १५ प्रतिशत छुट सुविधा उपलब्ध गराउने निर्णय गरेको छ, जसमा एक्सरे सेवा, ल्याव टेष्ट, पाठेघरको मुखको जाँच(पापिस्मेयर) र भिडियो एक्सरे सेवा रहेको उनले बताए।
कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर परिसरमै केडीसी जनरल अस्पताल सञ्चालनमा रहेको छ। विशेषज्ञ चिकित्सकहरुको सहज उपलव्धता हुने त्यस अस्पतालमा सुलभ मूल्यमा सेवा उपलव्ध गराउँदै आएको छ।








..jpeg)





..jpeg)
प्रतिकृया दिनुहोस