• २ कार्तिक २०८३, आइतबार

चिकित्सा शिक्षा आयोगले थप्यो ४१८ सिट, एमबीबीएसमा ११० वृद्धि

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि देशभरका शिक्षण संस्थामा ९ हजार ६ सय ९१ सिट निर्धारण गरेको छ। गत वर्षको तुलनामा यस वर्ष ४१८ सिट वृद्धि गरिएको हो।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको बैठकले सिट निर्धारण गर्ने निर्णय गरेको हो।

आयोगका अनुसार सिट वृद्धिको लाभ सरकारी तथा सार्वजनिक शिक्षण संस्थाले पाएका छन्। निजी मेडिकल कलेजमा भने सिट सङ्ख्या यथावत् राखिएको छ।

कुल ९० शिक्षण संस्थाले सिट माग गरेकामा अनुगमन टोलीको प्रतिवेदनका आधारमा ८४ संस्थालाई मात्र सिट स्वीकृत गरिएको छ।

एमबिबिएसतर्फ ११० सिट थपिएको छ। नवगठित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ५० तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले ३०–३० सिट थप पाएका छन्।

त्यस्तै, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ सिट वृद्धि गरिएको छ।

 

प्रतिकृया दिनुहोस