ट्रमा उपचार सेवा देशभर विस्तार गर्ने सरकारको प्राथमिकता
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशभर ट्रमा उपचार सेवा विस्तार गर्ने सरकारको प्राथमिकता रहेको बताएकी छन्।
ट्रमा दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री मेहताले ट्रमा सेन्टर विस्तारसँगै उपचारपछि घाइतेलाई सामान्य जीवनमा फर्काउन पुनर्स्थापना (रिह्याबिलिटेसन) केन्द्र निर्माणको काम अघि बढाइएको बताइन्।
उनले दुर्घटनामा घाइते भएकाको जीवन रक्षा गर्न समयमै उद्धार, घटनास्थलमै प्राथमिक उपचार, शीघ्र अस्पताल पुर्याउने व्यवस्था र गुणस्तरीय आकस्मिक उपचार आवश्यक रहेको उल्लेख गरिन्। यसका लागि एम्बुलेन्स सेवा प्रभावकारी बनाउने, स्वास्थ्य संस्थाबीच समन्वय बढाउने तथा दक्ष जनशक्ति र आवश्यक उपकरणको उपलब्धता सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
मन्त्री मेहताले सडक सुरक्षा, ट्राफिक नियमको पालना, हेल्मेट तथा सिट बेल्टको प्रयोग र मादक पदार्थ सेवन गरेर सवारी नचलाउने विषयमा जनचेतना बढाउन पनि जोड दिइन्।
उनले दुर्घटनापछि उपचारसँगै घाइतेलाई पुनः दैनिक जीवनमा फर्काउन आवश्यक पुनर्स्थापना सेवा उपलब्ध गराउनु पनि स्वास्थ्य प्रणालीको महत्त्वपूर्ण जिम्मेवारी भएको बताइन्।









..jpeg)





..jpeg)
प्रतिकृया दिनुहोस