कांग्रेसको केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत क्षेत्रबाट केन्द्रीय सदस्यमा नेपाल मेडिकल एशोसिएसनका पूर्वअध्यक्ष डा. केदार नरसिंह केसी र बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्।
पेशागत क्षेत्रका पाँच पदका लागि भएको निर्वाचनमा डा. केसी ३ हजार २५३ मत प्राप्त गर्दै सर्वाधिक मतसहित निर्वाचित भएका हुन्।
निर्वाचनमा प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो र अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो भएका छन्।
त्यस्तै, डा. प्रदीप मिश्र १ हजार ४७८ मतसहित चौथो र केशव निरौला १ हजार २३२ मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहेर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।



..jpeg)













..jpeg)
प्रतिकृया दिनुहोस