• १ कार्तिक २०८३, शनिबार

कांग्रेसको केन्द्रीय समितिमा नौ चिकित्सक

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा नौ जना चिकित्सकहरू निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिमा डा. फिरदोस आलम मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन्। नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी र कैलालीका बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र पेशागतबाट  केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

नेपाल चिकित्सक संघका अर्का पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा मधेश भूगोलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। संघका पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठ खुलातर्फबाट केन्द्रीय सदस्य बनेका छन्।

त्यस्तै, स्वास्थ्य मन्त्रालयको प्रशासकबाट सेवानिवृत्त डा. गरिव दास ठाकुर मधेशी खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा सक्रिय प्रा. डा. अमिता प्रधान शाक्य केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्। उनी पीपुल्स डेन्टल कलेज एन्ड हस्पिटलमा प्राध्यापकका रूपमा कार्यरत छिन्।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा. डा. सीता पोखरेल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। स्तन क्यान्सर शल्यचिकित्सक डा. यशिका भट्टराई कोशी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

प्रतिकृया दिनुहोस