• १ कार्तिक २०८३, शनिबार

मिठाईमा कच्चा पदार्थ, घिउ–तेल, मिति र मूल्य खुलाउनुपर्ने

काठमाडौं । मिठाई उत्पादन तथा बिक्री गर्ने व्यवसायीले अब मिठाईमा प्रयोग हुने मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग्य मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार सूचना जारी गर्दै उपभोक्ताले स्पष्ट देख्ने गरी सोकेस वा काउन्टरमा यी विवरण राख्न निर्देशन दिएको हो।

निर्देशनअनुसार मिठाईमा प्रयोग भएका मुख्य सामग्री, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने अन्तिम मिति र प्रतिकिलो मूल्य उल्लेख गर्नुपर्नेछ। यो व्यवस्था होटल, मिठाई पसल, मिठाई भण्डारलगायत मिठाई उत्पादन तथा बिक्री गर्ने सबै व्यवसायमा लागू हुनेछ।

विभागले निर्देशन पालना नगर्ने व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने जनाएको छ।

विभागले व्यवसायीलाई खाद्य स्वच्छताका आधारमा व्यवसायको स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्नसमेत आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस